• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न प्रयासरत छौ : अध्यक्ष राई

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न प्रयासरत छौ : अध्यक्ष राई


समायोजन खबर
  • बुधबार, बैशाख २२ २०७८

  • केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई ।

    समायोजन खबर खोटाङ, खोटाङमा हालसम्म १२ जना कोरोना संक्रमित फेला परेको छ । साकेला गाउँपालिकामा दुई जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० जनालाई कोरोना संक्रमण पूष्टि भईसकेको छ। कोरोनाको दर दैनिक बृद्धि भईरहेको छ । संक्रमण रोकथामका लागि स्थानीय तहहरुले चाँहि कस्तो तयारी गरिरहेको छ भन्ने जिज्ञासा सबैमा छ।

    यसैविच, केपिलासगढी गाउँपालिकाले कोरोना संक्रमण रोकथामका निम्ति केके तयारी गर्दैछ भनेर समायोजन खबर डटकमले गाउँपालिका अध्यक्ष कृष्णकुमार राईसँग कुराकानी गरेको छ।
    कोभिड १९, दोश्रो लहरको संक्रमण प्रभाव कस्तो छ गाउँपालिकामा ?
    अहिले तत्कालमा कोरोनाको लक्षण भएका विरामीहरु देखिएको छैन । पालिकास्तरमा कोरोनाबाट सतर्क हुन धेरै कामहरु गरेका छौ। सर्वदलीय मिटिङ बसेर यसको नियन्त्रण कसरी गर्न सकिन्छ भनेर जोडदार छलफल गरेका छौ, त्यसलाई कार्यन्वयन गरिरहेका छौ।
    संक्रमणबाट जोगिन पूर्व तयारीहरु केके भयो ? के गर्दै हुनुहुन्छ ?
    सबैभन्दा पहिले हामीले प्रचारप्रसारलाई ध्यान दिएका छौ । पालिकास्तरको कर्मचारी, स्वास्थ्यकर्मी सबैले आ–आफ्नो फेसवुक स्टाटसमा कोभिड विरुद्ध जनतालाई सचेतनामूलक प्रचारप्रसार गर्ने निर्णय गरियो । रेडियो र गाउँपालिकाभित्र सञ्चालित अनलाईनहरुलाई गाउँपालिकाभित्र कोभिडको संक्रमण फैलन नदिन विभिन्न सचेतनामूलक प्रचारप्रसार गर्न लगाएका छौ ।

    एकदुई दिनमा आईसोलेसन सेन्टर स्थापनाको काम सुरु गर्छौ, स्वास्थ्य सामग्रीहरुको पनि अभाव नहोस भनेर मगाएका छौ। दुईचार दिनमा आईपुग्नेछ। आवतजावतलाई लगभग निषेध गरेका छौ। प्रत्येक वडामा एक/एकजना स्वयम्सेवक नियुक्ती गरेका छौ । स्वयम्सेवकले बाहिरवाट आएका मानिसहरुको निगरानी गर्छ र वडाको स्वास्थ्यकर्मीसँग मिलेर काम गर्छ। प्रत्येक वडामा हेल्प डेस्क निर्माण गरेका छौ। हाटबजार र विद्यालयहरु बन्द गरेका छौ।
    गाउँपालिका भित्रने नाकाहरुको स्थिति के छ ?
    नाकाहरुबाट कोही पनि मानिसहरु भित्रिएको छैन । भित्रिएमा १५ दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्छ, १५ दिन बसेर पनि केही समस्या देखियो भने एन्टीजिन परिक्षण गराउने योजना छ।
    बाहिरबाट आएका मानिसहरुको तथ्यांक गाउँपालिकासँग छ ?
    बाहिरदेखी आउने मानिसहरुको तथ्यांक छैन भन्दाखेरी पनि बाहिरवाट आउने मान्छे चाँहि आज मात्रै आईपुग्दैछ ५ जना । अत्यावश्यक कामका मानिसहरु । वडा-वडामा राखिएको स्वयम्सेवकसँग सम्पर्क गरेर बुझदा अहिलेसम्म बारिहवाट मानिस भित्रिएको छैन।
    संकास्पद व्यक्तीहरुको एन्टीजिन परिक्षण के हुदैछ ?
    एन्टीजिन परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई हामीले लगभग २५/३० वटा किट मगाएका छौ । प्रमुख जिल्ला अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ। गाउँमा आएकाहरु १५ दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्छ, १५ दिन बसेर पनि केही समस्या देखियो भने एन्टीजिन परिक्षण गराउने नै योजना छ। सुरुवातमा त क्वारेन्टिनमा नै राख्ने हो। त्यसपछि पनि विरामी नै भएमा तत्काल आइसोलेसनमा राखेर परिक्षण गराईनेछ।
    आवश्वक श्रोत साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्सको स्थिति के छ ?
    हाम्रोमा सबैभन्दा समस्या चाँहि एम्बुलेन्सको छ । विगतमा हामीसँग भएको एकवटा एम्बुलेन्स थन्किएर बसिराखेको अवस्था छ। एम्बुलेन्सको सट्टामा हामीले टाटा सुमो प्रयोग गरिरहेका छौ। एम्बुलेन्स ल्याउने प्रक्रियामा छौं, लगभग ७० प्रतिशत काम सकिएको छ। केन्द्रमा स्वीकृत गराउने प्रक्रिया बाँकी छ।
    स्वास्थ्यकर्मीका हकमा हामीसँग चाँहिदो जनशक्ति छ। पालिकास्तरमा पनि स्वास्थ्यकर्मी नियुक्ती गरेका छौ। दरवन्दी अनुसारका स्वास्थ्यकर्मी छन्। स्वास्थ्यकर्मीको खाँचो छैन। अतिआवश्यक औषधिहरु पनि आउने क्रममा छ। दुईचार दिनमा आईपुग्नेछ।
    यतिको तयारीले थेग्न सक्छ कोभिड संक्रमणलाई?
    कोभिड रोकथामका लागि जतिसक्दो गाउँपालिकाले नियन्त्रणको प्रयास गर्नेछ। कतिपय विकसित देशहरुमा पनि नियन्त्रणभन्दा बाहिर गईरहेको देखेका छौ। र, पनि हामीले तत्कालै अहिलेदेखी नै कदम चालियो भने नियन्त्रण गर्ने प्रयास गरियो भने सायद यो नियन्त्रण हुन्छ कि भन्ने आशा चाँहि छ। केही आशा भन्दा नि ५० प्रतिशत आशा छ।

    हामीले यति गर्दागदै पनि फैलियो भने त केही लागेन। र, पनि फैलिने संम्भावनालाई ‘चेन ब्रेक’ गर्ने गाउँपालिकाबाट प्रयास गरेका छौ। मेरो विचारमा हामीले यत्तिको काम गरिरहंदा र अझै सबै लागेर, जनता पनि सचेत भएर हामीलाई साथ, सहयोग गर्नुभयो भने हामीले कोभिडलाई नियन्त्रण गर्न सक्छौ।सफल हुन्छौ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology