• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई हजार ५५९ सङ्क्रमित थपिए

दुई हजार ५५९ सङ्क्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, बैशाख १० २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, छिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

    हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २०० पुगेको छ । त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९६५ रहेका छन् । चौध हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    हालसम्म दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन्।

    पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन् । देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन् । हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ ।

    सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology