• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप २६६ मा कोरोना भाइरस सङ्क्रमण

थप २६६ मा कोरोना भाइरस सङ्क्रमण


समायोजन खबर
  • सोमबार, चैत्र २३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन्।

    योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology