समायोजन खबर खोटाङ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नुभएको छ ।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उहाँले उक्त रकम प्रदान गर्नुभएको निजी सचिव रविन ज्ञालनले जानकारी दिनुभयो । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन्।
यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो । मन्त्री आलेले विगतदेखि नै बिरामी परेका तथा उपचार खर्च नपाएर समस्यामा परेका नागरिकलाई सधैँ सहयोग गर्दै आउनुभएकाले केही समस्या पर्दा पनि नागरिकले आलेलाई नै गुहार्ने गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology