• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोल्मामा बन्यो कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र

सोल्मामा बन्यो कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र


समायोजन खबर
  • शनिबार, चैत्र २१ २०७७

  • कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र निर्माण गरेको छ । अर्गानिक नगर बनाउने उद्देश्यले नगरपालिकाको वडा नम्बर २ दिक्तेल सोल्मामा कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र निर्माण गरेको हो।

    प्रविधिसँगै उत्पादन बृद्धिमा सघाउँ पुग्ने लक्ष्यले निर्माण सम्पन्न प्लान्ट तथा कृषि स्रोत केन्द्रको शनिबार प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । प्लान्ट निर्माण भएसँगै नगरपालिकाको केन्द्र तथा मुख्य व्यापारिक केन्द्र दिक्तेलबजारका घरहरुबाट निस्कने कुहिने फोहोरहरु संकलन गरेर प्लान्टमा ल्याई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन गरिने नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिए । उत्पादित मललाई ल्याब परिक्षण गरी फिल्ड परिक्षण गरेर किसानलाई वितरण गरिनेछ।

    कम्पोष्ट प्लान्टसँगै वायोग्यास प्लान्ट पनि भएकाले अब ताजा गोबर मल र दिसाजन्य लेदोबाट वायोग्यास पनि उत्पादन गरिने कलौनीले बताए । वायोग्यास उत्पादनका लागि ताजा गोबर आवश्यक पर्ने भएकाले नगरपालिकाले ३ वटा भैंसी पनि खरीद गरेर प्लान्टको पशु फर्ममा पालिएको छ । दिसाजन्य लेदो भने दिक्तेलबजारका घरहरुको सेफ्टी ट्याङकीवाट निकालेर सक्सन मेशिनले प्लान्टसम्म लानेछ।

    नगरपालिकाको ३ करोड ३२ लाख र प्रदेश सरकारको ५० लाख लागतमा तयार गरिएको बहुउद्देश्य प्लान्टसँगै पशु फर्म, स्वीमिङ पुल र हाइटेक प्रविधिमा स्ट्रबरी खेती गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । प्लान्टलाई शसक्क्त तवरमा सञ्चालनका लागि नगरपालिकाले दुई वटा ट्याक्टर, एकवटा पिकअप भ्यान र एकवटा सक्सन मेशिन खरीद गरेको छ । जिल्लाको हकमा कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र पहिलो र पृथक भएको नगरप्रमुख रिजालको भनाई छ।

    कम्पोष्ट प्लान्ट तथा बायोग्यास प्लान्टसँगै पशु फर्म र स्वीमिङ पुल छ । प्लान्टको तल हाइटेक प्रविधिमा स्ट्रबरी खेती गरिएको छ । नगरप्रमुख रिजालले भने, ‘कम्पोष्ट मल, बायोग्यास उत्पादनसँगै सिकाई श्रोत केन्द्रको रुपमा स्थापित यहाँबाट कृषकहरुले धेरै कुरा सिकेर दैनिक जनजीवनमा लागू गर्नेछन्, विस्तारै यसले प्रतिफल दिनेछ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रिजालले अर्गानिक नगरपालिका बनाउनका लागि कृषिमा मात्रै नगरपालिकाको कूल वजेटको ३५ प्रतिशत लगानी गरेकोे बताए।

    कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र प्रदेशको गौरवको आयोजना भएको बताएका छन् । प्लान्टमा उत्पादन भएको कम्पोष्ट मल जिल्लाभरी पु¥याउनुपर्ने राईले बताए । सिङगो प्रदेशलाई नै अर्गानिक प्रदेश बनाउने घोषणा गरेको बताउँदै मुख्यमन्त्री राईले त्यसका लागि सबै पालिकाहरुलाई अर्गानिक कृषि कार्यक्रमतर्फ अगाडी बढाउन साझेदारी र प्रोत्साहन गरिरहेको बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology