• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित

नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित


समायोजन खबर
  • सोमबार, चैत्र १६ २०७७

  • एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल । फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

    पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उहाँहरु दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको हो । दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनु भएको छ ।

    पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पत्रमा भनिएको छ । दुवैलाई पठाइएको पत्रमा आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ भनिएको छ ।

    यस्तै गतिविधि कायम रहे थप कडाइको कारवाही गर्नुपर्ने हुनसक्ने जनाउ दिदै सच्चिनका लागि यो अन्तिम मौकासमेत पत्रमा भनिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology