समायोजन खबर खोटाङ, दुईजनाको ज्यान जाने गरि बागलुङको बडिगाडमा भएको झडपमा संलग्न दोषीलाई २४ घण्टा बितिसक्दा पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । घटनामा संलग्नलाई पक्राउ गरि कारवाहीरको माग चारै तिरबाट आएपनि प्रहरीले अझै दोषीलाई नियन्त्रणमा लिन सकेको छैन।
घटनाको अनुसन्धान भई रहेको भन्दै प्रहरी संलग्न व्यक्तिहरुलाई निगरानीमा राखेको जिल्ला प्रहरी कायालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो । होली खेल्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवा र निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटका युवाहरु बिच झडप हुँदा २ जनाको मृत्यु भएको थियो ।
झडपमा निसीखोला–७ राजकुटका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान मृत्यु भएको थियो । घटनापछि राजकुटका १३ युवा सम्पर्क विहीन भएका थिए । आइतबार राति मात्रै उनीहरु फेला परेको निसीखोला ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताउनुभयो । जसमध्ये ज्ञानु दमाई गम्भीर छन् । उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि पाल्पा रेफल गरिएको उहाँको भनाई छ ।
मृतक कुँवर र दमाईको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । झडपमा परि ज्यान गुमाउने दुबै जना कांग्रेसका कार्यकर्ता हुन् । कुँवर कांग्रेस बागलुङको जिल्ला सदस्य हुन् भने दमाई सक्रिय कार्यकर्ता हुन् । कांग्रेसले यो घटना सुनियोजित रुपमा भएको भन्दै घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरेको छ भने घाइतेको उपचार गर्ने समेत सरकारलाई आग्रह गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology