• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने प्रमुख इन्जिनियर मुनकर्मीको भनाई


समायोजन खबर
  • बिहिबार, भाद्र २२ २०७४

  •  

    समायोजन खबर भदौ २१ खोटाङ,

    जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयान प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

    गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ । भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्यावियन वाल भर्ने, धावन मार्गमा ग्राभेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले जानकारी दिनुभयो । “हामीले समयमै थालेर समयमै सक्ने गरी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागिपरेका छौँ ।”

    लामो समयसम्म कच्ची अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो ।
    विमानस्थल कालोपत्रे थालिएसँगै गत वैशाखदेखि नै उडान तथा अवतरण अवरुद्ध भएको स्टेशन प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । निकै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि सबैभन्दा बढी अस्पतालले जिल्ला बाहिर पठाएका बिरामीलाई समस्या भएको छ ।

     

    कालोपत्रे गर्नेक्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुंगा र सोलुखुम्बुका स्थानीयले समेत सेवा लिँदै आएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology