• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला-सप्तेश्वर-कादेल-जालपा सडक स्तरोन्नतीको काम तीव्र गतिमा

बाक्सिला-सप्तेश्वर-कादेल-जालपा सडक स्तरोन्नतीको काम तीव्र गतिमा


समायोजन खबर
  • शनिबार, चैत्र ७ २०७७

  • स्तरोन्नती भइरहेको बाक्सिला–सप्तेश्वर–कादेल–जालपा सडक ।

    समायोजन खबर खोटाङ,  खोटाङको बाक्सिला–सप्तेश्वर–कादेल–जालपा सडक स्तरोन्नतीको काम तिव्र गतिमा अघि वढेकोे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलावाट सप्तेश्वर कादेल हुंदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निस्कने ११ किलोमिटर सडक स्तरोन्नतीको काम तीव्र रुपमा अगाडी वढेको हो ।

    संघीय सरकारको ८२ लाख ५७ हजार ५३६ रुपैयाँ वजेटमा केपिलासगढी गाउँपालिकाले स्तरोन्नती गरिरहेको सडकको काम ५० प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी रुजन तुवाचुङ नाछिरिङ जेभीका प्रतिनिधि गणेश नाछिरिङ राईले सडक स्तरोन्नतीको काम आधा सकिएको दावि गरे ।

    निर्माण कम्पनीका प्रतिनिधि राईका अनुसार अब सोलिङ गर्ने र होम पाइप राख्ने काम वाँकी छ । वाँकी काम आगामी जेठ १५ सम्म सम्पन्न हुने उनले बताए । आगामी असार मसान्तमा सक्नेगरी गाउँपालिका र निर्माण कम्पनीले २०७७ कार्तिक २३ गते सम्झौता गरेको थियो ।

    स्तरोन्नती भइरहेको सडकमा ड्रेन खन्ने काम सकिएको फिनिसिङ वाँकी रहेको र ग्याभिङ वालको मात्रै काम ५० प्रतिशत सकिएकाले समग्रमा सडक स्तरोन्नतीको काम ४० प्रतिशत वढी सकिएको गाउँपालिकाका ईन्जिनियर गुन्जन कार्कीले जानकारी दिए ।

    स्थानीय सरकार आएअघि ट्रयाक ओपन गरिएको सडकको ग्रेड नमिलेको, साँघुरो भएको र ट्याक्टरसम्म चलाउन असहज भएकाले सडक स्तरोन्नतीको काम अघि बढाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । कामको वेलावेला अनुगमन गरिरहेको र जेठमा सक्न निर्देशन दिइएको अध्यक्ष राईले बताए । बर्खामा पनि यातायात चलाउने लक्ष्यले सडक स्तरोन्नतीको काम गरिएकोे गाउँपालिकाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology