• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

झोलुङगे पुलको काम अन्तिम चरणमा

झोलुङगे पुलको काम अन्तिम चरणमा


समायोजन खबर
  • मंगलबार, चैत्र ३ २०७७

  • निर्माणाधिन झोलुङगे पुल ।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने रावाखोलामा निर्माणाधिन झोलुङगे पुलको काम अन्तिम चरणमा पुगेको छ । केपिलासगढी गाउँपालिका –४ बाक्सिला र दिप्सुङको सिमानामा पर्ने रावाखोलामा निर्माणाधिन पुलको काम अन्तिर चरणमा पुगेको हो ।

    स्थानीय पूर्वाधार विकास मन्त्रालय पुल्चोक ललितपुरको ७९ लाख (भ्याट बाहेक) वजेटवाट निर्माण भइरहेको झोलुङगे पुलको ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनी निलगिरी निर्माण सेवाले जनाएको छ । अब पुलको स्टील डेक, साइड जाली र विन डाई (पखेटा)को काम वाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि गणेश नाछिरीङ राईले बताए ।

    मन्त्रालय र निर्माण कम्पनीवीच १८ महिनामा काम सम्पन्न गर्नेगरी २०७६ सालको चैतमा पुलको सम्झौता भएको थियो । सम्झौता म्याद अघि नै पुलको काम सकिने निर्माण कम्पनीका प्रतिनिधि राईले दावि गरे । सम्झौता गरेर पुलको काम गरेको १ वर्ष भयो । वर्षदिनमै पुलको काम अन्तिम चरणमा पुगेको छ । राईले भने, ‘हप्ता दिनमा पुलको काम सक्छौ ।’

    बाक्सिला दिप्सुङ वारपार गर्ने मुख्य बाटोमा झोलुङगे पुल नहुंदा मानिसहरु फट्के साँघुबाट खोला तर्ने गरेको र त्यसरी खोला तर्दा खोलाले बगाएर वर्षेनी मानिसको ज्यान जाने गरेको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । खोलामा फट्के साँघु छ । वर्षैपिच्छे साँघु र मानिस नै बगाउदै आएको छ । खोलामा पक्की पुल नहुंदा विद्यालय पढ्ने बच्चालाई समेत बगाएको ईतिहास छ । अध्यक्ष राईले भन्नुभयो, ‘झोलुङगे अनिवार्य थियो त्यो पूरा हुदैंछ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology