समायोजन खबर खोटाङ, आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो क्रम बेलुकीसम्म नै रहने महाशाखाका मौसमविद्ले बताएका छन् । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ ।
यस्तै, तराईका थोरै ठाउँहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology