समायोजन खबर खोटाङ, राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताउनु भएको छ ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उहाँको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उहाँले बताउनुभयो । यस कार्यका निम्ति ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताउनुभयो ।
विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उहाँले बताउनुभयो । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नुभएको हो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताउनुभयो । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उहाँको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागु औषध बर्जित गरेको पनि बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology