• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु


समायोजन खबर
  • सोमबार, फाल्गुन १० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनुभएको छ ।

    अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

    अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ ।

    तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology