समायोजन खबर खोटाङ, भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आउन लागेको मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने उहाँको भनाइ छ । आज काठमाण्डौ आइपुग्ने १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।
आउँदो फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज आउने खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिने मन्त्रालयका सह-प्रवक्ता अधिकारीले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology