समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ ।
अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो ।
फेरि आज त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत आरोप लगाउनुभएको छ ।
निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै कांग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ ।
कांग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनीसमेत दिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology