• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कम्प्युटर एसोसिएसन नेपाल क्यानको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन सुरु

कम्प्युटर एसोसिएसन नेपाल क्यानको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन सुरु


समायोजन खबर
  • बिहिबार, फाल्गुन ६ २०७७

  • समायोजन खबर खोटाङ, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन सुरु भएको छ । बिहीबार बिहान दिक्तेलस्थित श्रेष्ठ होटलमा साधारण सभा तथा जिल्ला अधिबेशन सुरु भएको हो ।

    साधारण सभा तथा जिल्ला अधिबेशनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।क्यानका तदर्थ जिल्ला शाखा संयोजक मनोज कुमार बजिमयको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा उधोग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राई, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिना, क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठ र नगरप्रमुख रिजालले शुभकामना मन्तब्य राखेका थिए ।अधिबेशनले तदर्थ समितिलाई विघटन गरेर नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ । प्रविधि शिक्षालाई जिल्लामा अझ फराकिलो पर्नका लागि बजिमयको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

    क्यानको सातै प्रदेशमा शाखा तथा ५८ जिल्लामा जिल्ला शाखा विस्तार भइसकेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिनाले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology