• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : थापा

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : थापा


समायोजन खबर
  • मंगलबार, फाल्गुन ४ २०७७

  • कांग्रेसका युवा नेता गगन थापा ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ ।

    लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताउनुभयो ।

    मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उहाँले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताउनुभयो ।

    सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology