• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भागरथी घटनाको अनुसन्धान अन्तिम चरणमा : प्रहरी

भागरथी घटनाको अनुसन्धान अन्तिम चरणमा : प्रहरी


समायोजन खबर
  • बिहिबार, माघ २९ २०७७

  • सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंह ।

    समायोजन खबर खोटाङ, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

    माघ २२ गते स्थानीय लबलेक जंगलमा हत्या गरिएको अवस्थामा फेला पर्नुभएकी भट्टको घटनामा संलग्न अपराधिको नजिक पुगिएको प्रहरी स्रोतको दावी छ ।

    घटना घटेको सात दिनसम्म पनि कुनै औपचारिक जानकारी नदिएको भन्दै आलोचना खेपिरहेको प्रहरीले अपराधि पत्ता लगाएर छिट्टै सार्वजनिक गर्ने बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले घटना संवेदनशील भएका कारण अनुसन्धानमा समय लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले सुरुबाट नै अनुसन्धानलाई संवेदनशील ढंगबाट गरिरहेका छौँ । अपराधि को हो भनेर पुष्टि नहुँदासम्म धेरै कुराहरु भन्न मिल्दैन् । धेरै सबुत प्रमाण जुटाउनुपर्ने भएका कारण समय लागेको हो । अहिले तथ्यहरू जुटाउने काम गरिरहेका छौँ । चाँडै अपराधी पत्ता लाग्छ ।’

    उहाँले घटनास्थलबाट प्राप्त तथ्य र प्रमाणसँगै सामाजिक सञ्जालको पहुँच र कल रेकर्डहरूको अनुसन्धान पनि सुक्ष्म रुपले अगाडी बढिरहेको बताउनुभयो । भट्टको शव अझै अस्पतालमै छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology