• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ


समायोजन खबर
  • शनिबार, माघ २४ २०७७

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ ।

    समायोजन खबर खोटाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्नुहुँदै उहाँले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताउनुभयो । राष्ट्रियता प्रवद्र्धन हुने गीत सङ्गीत सृजना गर्न मन्त्री गुरुङले स्रष्टासँग आह्वान गर्नुभयो ।

    कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्रेष्ठ, गीतकार देवेन्द्र केसी, गीतकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि देवकोटा, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, विज्ञापन बोर्डका सदस्य बलराम थापा, गायक राजनराज शिवाकोटी, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, नेपाल टेलिभिजनका सञ्चालक सदस्य बालकृष्ण बस्नेत, एल्बमकी प्रस्तोता तारा कार्कीलगायतले शालीन गीत एवं सङ्गीत, भाषा र संस्कृति रहेसम्म रहने भएकाले यसतर्फ स्रष्टाको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

    विसं २०५६ देखि लोकगीतमार्फत् गायन क्षेत्रमा प्रवेश गर्नुभएका गायकको यो पहिलो गीति एल्बम हो । एल्बममा आठ गीत छन् । सातवटा गीतमा गायक कार्कीको एकल गायन रहेको छ । एउटा गीतमा भने गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको जनाइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology