समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संवैधानिक निकायमा नियुक्त भएका विषयमा विरोध गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समूहले संवैधानिक अङ्गका पदाधिकारी र सदस्यको नियुक्ति असंवैधानिक र बलजफ्तीपूर्ण भएको जनाएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गर्नुभएको थियो ।
वर्तमान सरकार प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमपछि स्वतः काम चलाउमा परिणत भएको जनाउँदै नेत्री पम्फा भुसालले यस्तो अवस्थामा मन्त्रिपरिषद्को पुनःगठनलगायत विषय गर्न नपाइने जिकिर गर्नुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology