• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्कका तीन माविमा ई–लाइब्रेरी जडान

ऐसेलुखर्कका तीन माविमा ई–लाइब्रेरी जडान


समायोजन खबर
  • बुधबार, माघ २१ २०७७

  • ई–लाईब्रेरी निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला लगायत

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीन वटा माविमा ई–लाइब्रेरी जडान गरिएको छ । विद्यालयमा जुनसुकै विषयको पुस्तक अध्ययनको वातावरण निर्माणका लागि गाउँपालिकाले एकैसाथ त्रिभुवन माबि ऐसेलुखर्क, सिम्ले माबि जलेश्वरी र शिशु माबि महेश्वरीमा ई–लाइब्रेरी जडान गरेको हो ।

    विद्यालयमा पठन संस्कृतिको विकासका लागि माविमा ७ हजार भन्दा बढि पुस्तक, ३ हजार भन्दा बढि श्रव्य र १ हजार ५ सय भन्दा बढि श्रव्यदृश्य सामग्री सहितको ई–लाइब्रेरी जडान गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । गाउँपालिका अध्यक्ष निरौला, शिक्षा अधिकृत बिनेशकुमार श्रेष्ठ, सूचना प्रविधि अधिकृत सिजन राईको सहभागीतामा मंगलबार तीन विद्यालयमा ई–पुस्तकालय जडान गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    आर्थिक वर्ष २०७७र०७८ मा विनियोजित बजेटबाट प्रतिमाबिमा ६५ हजारको खर्चमा सर्भर, राउटर लगायतका उपकरण जडान गरेर ई–लाइब्रेरीको व्यवस्था गरिएको हो । गाउँपालिकाभित्र सञ्चालित ८ वटा माविमध्ये बाँकी ५ माबिमा पनि क्रमशः ई–लाइब्रेरी जडान गरिने अध्यक्ष निरौलाले बताए ।

    विद्यालयमा ई–लाईब्रेरीको व्यवस्था भएपछि शिक्षक नभएको अवस्थामा विद्यार्थीले ई–लाईब्रेरीमा गएर स्वःअध्ययन गर्न सक्ने गाउँपालिकाले जनाएको छ । ई–लाईब्रेरीमा भएका पुस्तक, श्रव्य र श्रव्यदृश्य सामग्री शिक्षक तथा विद्यार्थी बाहेक अभिभावकले समेत अध्ययन गर्न सक्नेछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology