• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१२ फागुनदेखि सत्याग्रह सुरु गर्ने डा.केसीको घोषणा

१२ फागुनदेखि सत्याग्रह सुरु गर्ने डा.केसीको घोषणा


समायोजन खबर
  • मंगलबार, माघ २० २०७७

  • डा. गोविन्द केसी । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, चिकित्सा शिक्षा सुधारको क्षेत्रका अभियान्ता डा.गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ । मंगलबार उहाँले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको हो ।

    आज विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उहाँले घोषणा गर्नुभएको छ ।

    प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उहाँले दुई बुँदे माग अघि सार्नुभएको छ ।

    ‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology