• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साप्सुखोलाको पुलको काम ३५ प्रतिशत

साप्सुखोलाको पुलको काम ३५ प्रतिशत


समायोजन खबर
  • मंगलबार, माघ ६ २०७७

  • साप्सुखोलामा निर्माण भइरहेको पुलको पिल्लर ।

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबाट चार गाउँपालिका जोड्ने साप्सुखोलामा निर्माणाधिन मोटरेबल पक्की पुलको काम ३५ प्रतिशत सकिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित बाटो फेदीमा गतवर्षको कार्तिकबाट निर्माण सुरु भएको पुलको काम ३५ प्रतिशत सकिएको हो ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाले निर्माण गरिरहेको ४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेस बिमवाला मोटरेबल पुलको काम सुर्य एण्ड सन्स प्रालिले गरिरहेको छ । हालसम्म पुलको काम ३५ प्रतिशत भएको निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज हरि बरालले बताए । बरालका अनुसार खोला वारी र पारीको पिल्लरको काम सकिएको छ । अब खोलालाई डाइभर्सन गरेर स्ल्याप तथा विमका लागि फर्माको काम गरिनेछ । सम्झौता मितिमै पुल गाउँपालिकालाई हस्तान्तरण गरिने उनको भनाई छ ।

    भ्याटसहित ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काममा स्थानीय सडक पुल सहयोग ईकाई (एलआर बिपी)ले प्राविधिक सहयोग गरिरहेको छ । १७ जेठ २०७८ मा पुलको काम सक्नुपर्नेछ । खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकमा पर्ने साप्सुखोलामा हिउँदमा पानी घटेको बेला मात्र सवारी साधन चल्ने र अबको केही समयपछि वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने भएकाले पुल तोकेको समयमा भन्दा छिटो बनाईसक्नुपर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यसकारण हामी टापुमा बसेजस्तो भएका छौ । अध्यक्ष राईले भने, ‘स–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माणाधिन यो पुल प्राकृतिक नाकाबन्दी तोड्ने पुल हुनेछ ।’

    सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology