समायोजन खबर खोटाङ, विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको छ । वडा नं १ को रोयोलुङमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा नेपाल पर्वतारोहण पदप्रदर्शक सङ्घका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त रु तीन लाख ६० हजारको सामग्री र गाउँपालिकाको रु पाँच लाखको लागतमा उक्त सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित क्लाइमिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किराँतीको भनाइ छ । अब क्लाइमिङ तालीमका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको विश्वास छ । यही माघ ३ गते एक कार्यक्रमबीच उद्घाटन गरी सञ्चालन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
विश्वसको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनांै हिमाल भएको जिल्लामा रक क्लाइमिङ सेन्टर स्थापना गरिएको यो पहिलो हो । यसअघि सोलुखुम्बुका स्थानीयवासीले काठमाडाँैलगायतका क्षेत्रमा गएर तालीम लिने गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology