• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली सेनाको एकीकरण यात्रा धादिङमा

नेपाली सेनाको एकीकरण यात्रा धादिङमा


समायोजन खबर
  • बिहिबार, पौस २३ २०७७

  • तस्विर सौजन्य : उज्यालो

    समायोजन खबर खोटाङ,नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

    बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमख सेनानी दिनेश कार्कीले नेतृत्व गर्नुभएको थियो ।

    चरङ्गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेको थियो ।

    पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्ग गणलाई हस्तान्तण गर्नेछ । टर्च र झण्डासहित काठमाडौँको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ ।

    पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोरदोहोर गरेको इतिहास छ । पदमार्ग, कोट, गण र किल्ला सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा शुरु गरेको नेपाली सेनाले जनाएको छ ।२०७७ पुस २३ गते बिहान ८ :५१ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology