समायोजन खबर झापा,नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भन्नुभयो, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछाँैं ।”
उहाँसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।२०७७ पुस १२ गते बिहान ११ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology