समायोजन खबर खोटाङ, उदयपर प्रहरीले प्रतिबन्धित लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण गर्ने उदयपुर प्रहरीको अभियान अन्तर्गत त्रियुगा नगरपालिका– २ लुवालो खोला फत्तेपुरर गाईघाट सडक खण्डको किनारमा लागू औषध कारोबार गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न ५ जना सहित प्रहरीले नियन्त्रणमा लियको प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।
लागू औषध कारोबार गर्ने त्रियुगा नगरपालिका–२ बस्ने बर्ष ३१ का रेवत कुमार खाती, ३ बस्ने ३४ बर्षिय रोहित कुमार चौधरी, सोही ठाउँका ३३ बर्षिय जगसन राई, अर्का ३२ बर्षिय देबेन्द्र मगर ३२ बर्षिय पर्बत दाहाल रहेका छन् । पक्राउ परेका सबैलाई थप अनुसन्धान भैै रहेको उदयपुर प्रहरी प्रमुख भीम दाहाले बताउनु भयो ।
यसअघि गाँजा खेती नियन्त्रणका लागि उदयपुका उत्तरी भेगमा बारिमै नष्ट गरिएको थियो । प्राकृतिक श्रोत सनधनको दोहन, लागूऔषध र राजस्व छलिका सामाग्री नियन्त्रणमा उदयपुर प्रहरीलाई उल्लेखनीय सफलता मिलेको छ ।२०७७ पुस २ गते बिहान ११ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology