समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ ।
नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।
ल्याब स्थापना भएपछि महीना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको प्रयोगशालामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने जानकारी दिइएको छ ।
पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्याबबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले शनिबार नै नगरभित्रका १५ ओटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।२०७७ मंसिर ७ गते साँझ ७ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology