समायोजन खबर खोटाङ, सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिनुभएको हो । पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।
उहाँले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताउनुभयो । विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको/अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ । कोभिड–१९ का कारणले सयौँ रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन ।२०७७ मंसिर ३ गते राती ८ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology