• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

को हुन् बलि राजा

को हुन् बलि राजा


समायोजन खबर
  • शनिबार, कार्तिक २९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, महाबलि वा बलि राजा, प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए । राजा बलि हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र थिए । हिरण्यकशिपुलाई मारेपछि भक्त प्रह्लादलाई भगवान बिष्णुले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।

    अश्वमेघ यज्ञ समापन गरिरहेको बेलामा, वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए । वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे ।
    तब बलिले पनि मागेको चिज दिने वाचा गरे ।

    यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे । यो सुनेर राजा बलिले अहंकारका साथ भने “म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब गुरु शुक्राचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे ।

    तर बलीले मानेनन्, तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्नÞ लगाए । वामनले तीन पाउँ जमिन र भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे ।

    बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए । भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए । बलिको भक्ति र उदारता देखेर वामनले उनलाई मनुको समयमा इन्द्र हुने बरदान दिए । बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए ।

    उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन थाले र वामन अवतारको सहयोगबाट उनको पतन गराए । आफ्नो मृत्युको विषयबाट चिन्तित रहेका आफ्ना प्रजाहरुको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्वमा एकपटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो ।२०७७ कार्तिक २९ गते बिहान ७ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology