• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा तासको खालबाट चारजना पक्राउ

खोटाङमा तासको खालबाट चारजना पक्राउ


समायोजन खबर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा तासको खालबाट चारजना पुरुष पक्राउ परेका छन् । धन, सम्पत्ती पैसा हारजित हुने गरी जुवा, तास, सट्टावाजी खेलिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित त्रिवेणीचोकबाट उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४६ वर्षीय सुजन ताम्राकार ३६ वर्षीय युधिर शाक्य, ४१ वर्षीय दिनेश कुमार केसी र सोही स्थानका ५५ वर्षीय विनोद उदास रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरिक्षक दिनेश प्रसाद खरेलले जानकारी दिनुभयो ।

    खरेलका अनुसार बिहीबार राती ११ वजे विनोद उदासको कोठामा जुवा, तास, सट्टावाजी खेलिरहेको अवस्थामा आफ्नो कमाण्डमा गस्तीमा खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडा २० थान, खुल्ला तास ५८० पिस, बन्द तास २ पाकेट, मकैको दाना २ सय, गलैचा २ पिस र नगद ४८ हजार ९९० रुपैयाँ बरामद गरिएको छ ।

    पक्राउ परेका चारैजना विरुद्ध जुवा ऐन अन्तर्गत कारवाही गरिने खरेलले बताए । म्याद थपेर उनीहरु विरुद्ध कानुनी प्रक्रिया सुरु भएको छ ।२०७७ कार्तिक २१ गते दिउँसो २ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology