• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा विवाद मत्थर नहुने संकेत : प्रचण्ड-नेपालको कानून व्यवसायीहरूसँग परामर्श

नेकपा विवाद मत्थर नहुने संकेत : प्रचण्ड-नेपालको कानून व्यवसायीहरूसँग परामर्श


समायोजन खबर
  • बिहिबार, कार्तिक २० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद मत्थर हुने कुनै संकेत भने देखिएको छैन । दिनुहुँ जसो प्रधानमन्त्री एवंम् अध्यक्ष ओलीपक्ष र अर्का अध्यक्ष प्रचण्डपक्षको गुटगत भेला भइरहेको छ ।

    विवाद समाधानका विषयमा छलफल गर्न बिहीबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।अध्यक्षद्वयबीच करिब एक घण्टा भएको कुराकानीमा पछिल्लो पार्टी विवादबारे कुनै सहमति नभएको स्रोतको भनाइ छ । स्रोतका अनुसार छलफलमा प्रचण्डले बुधबार ओली समूहले आफू निकटका प्रदेश १ का नेता–कार्यकर्ताहरुसँग गरेको ‘भर्चुअल’ बैठकका विषयमा आपत्ति जनाउनुभएको थियो ।

    ‘पार्टी फुटको आरोप मलाई लगाउने, बाहिर अनेक खालका विषय ल्याउने रु यसरी गुटसँग छलफल गर्ने कुरा राम्रो भएन,’ कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग पोख्नुभएको असन्तुष्टि उद्धृत गर्दै उहाँ निकट नेताले भने ।

    ती नेताले प्रधानमन्त्रीले बुधबार आफ्नो राजीनामा माग्ने काम भएको भनेर दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले आपत्ति प्रकट गर्नुभएको जानकारी दिए । छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग पार्टी कमिटीको बैठक राखेर छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    तर, प्रधानमन्त्री ओलीले भने बैठक डाक्ने बारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ । उहाँहरुबीच पाँच दिनपछि भेटवार्ता भएको थियो ।ओली निकट एक नेताका अनुसार अध्यक्षद्वयबीच आज पार्टीको आन्तरिक विषयमा छलफल भएको छ ।

    कानून व्यवसायीहरूसँग परामर्श

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले बिहीबार कानुनविद्हरुसँग परामर्श गर्नुभएको छ ।

    पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग शक्ति संघर्ष चर्किरहेका बेला प्रचण्ड–नेपालले वरिष्ठ कानुनविद्सँग जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा बिहीबार छलफल किन गर्नु भयो भन्ने जनचासो बढेको देखिन्छ । छलफलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपानिकट कानुन संगठनका इन्चार्ज देव गुरूङ र कानुन विभागका प्रमुख रघुजी पन्त पनि सहभागी हुनुहुन्थ्यो ।

    नेकपामा बढ्दो विवादका बीच कानुन व्यवसायीसँगको भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।तर, नेकपाका प्रवक्ता श्रेष्ठले कानुन व्यवसायीहरुसँग पार्टीमा सिर्जित पछिल्लो विवादका बारेमा कुनै छलफल नभएको दाबी गर्नुभएको छ । ‘हाम्रो पार्टीसँग सम्बन्धित विषयमा छलफल भएको होइन । बार, न्यायालय, न्याय परिषद्मा के हुँदैछ भनेर बुझेका हौं,’ उहाँले भन्नुभयो । ‘छलफलमा प्रधानमन्त्री ओलीले आगामी दिन चाल्नसक्ने कदम र त्यसको कानुनी बैधताका विषय पनि उठेको थियो,’ सहभागी अर्का एक नेताले भने ।२०७७ कार्तिक २० गते साँझ ५ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology