समायोजन खबर खोटाङ, बरिष्ठ चिकित्सक, जनस्वास्थ्य विज्ञ तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.केके राईसँग समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
भुसको आगोसरी कोरोना भाइरस फैलिरहेको छ । कमजोरी कसको होला ?
कमजोरी सरकारकै हो । सुरुवातमा नेपालभित्र कोरोना थिएन । कोरोना भारत हुंदै नेपाल आएको हो । नेपाल भारतको सिमानामा व्यवस्था कमजोरी भएर आयो कोरोना । रोग कहाँबाट आउँछ त्यसलाई नियन्त्रण गर्नुपर्ने हो । रोग त विभिन्न रोजगारीको क्रममा भारत पुगेका नेपालीबाट आएको हो । सुरुवातमा एकान्तवास स्वास्थ्य मादपदण्ड अनुसार भएन । एउटै कोठमा भेडाबाख्रासरी राखियो ।
त्यो बेला साबुन पानी, खानाको पनि राम्रो व्यवस्था थिएन, मास्क वितरण थिएन । पिसिआर टेष्ट गराइएन । महाकालीदेखी मेचीसम्मका सिमानाहरुको एकान्तवास व्यवस्थित थिएन भनेर विभिन्न छापामा समाचार आयो । त्यहाँ बसेकाहरु गाउँघर सजिलै गए । त्यही कारण अहिले गाउँघरमा कोरोना भुसको आगोसरी फैलिरहेको छ । अहिले कोरोना तेश्रो फेजमा पुगेको छ । सुरुमा देशभित्र, दोश्रोमा एकादुई गर्दै ब्यक्तिमा फैलियो र तेश्रो चरणमा तपाइले भनेजस्तै भुसको आगोसरी समुदायमा कोरोना फैलिएको छ ।
जब फैलिन्छ कोरोना अनि लकडाउन गरेर ढोका र मान्छे थुनिन्छ । ढोका र मान्छे थुन्नु कोरोना भगाउनुको उपाय हो ?
ढोका र मान्छे थुन्नु त विकल्प विलकुल हैन यो त मुर्खता हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुसँग सोध्नुभयो भने निषेधाज्ञा, लकडाउन गर्ने भनेको सुरुवाती अवस्थामा हो । जुनवेला रोग चिनेकै छैन । रोग चिनेर रोगसँग लड्ने तयारी गरिन्छ । अथवा एकादुईमा फैलिएको रोग अन्य समुदायमा नजाओस भनेर गर्ने हो । अहिले त जताततै फैलिसकेको छ । कुनै पनि वडामा कोभिडका विरामी पाइन्छ । यति व्यापक रुपमा कोरोना फैलिसक्यो कि अब लकडाउन गर्नु भनेको मुर्खता शिवाय केही पनि हैन ।
रोगसँग लड्नका लागि अरु उपायहरु छन् । जस्तो, स्वास्थ्यको मापदण्डहरु अपनाउने हो । मास्क वितरण, मास्क लगाउ भन्ने हो । दुरी कायम गर भन्ने हो । खानपीन राम्रो खानुहोस भन्ने हो । पौष्टिक आहार, तातो पानी प्रशस्त पिउनु भन्ने ज्ञान दिने हो । मान्छेलाई घरभित्र थुनेर के गर्ने रोगसँग लड्नलाई शक्ति चाहिन्छ । शक्ति खानाबाट आउँछ । खाना आर्थिक गतिविधि गरेर, वाहिर काम गरेर आउँछ । लकडाउन भनेको काम नगर भोकै मर भनेको हैन ? अन्नपानी खान नपाएपछि रोगसँग कसरी लड्ने ?
रोगसँग लड्नका लागि खाना चाहिन्छ । खानाको लागि पैसा चाहिन्छ । पैसाको लागि घरबाट वाहिर निस्कनुप¥र्यो, घरभित्र बसेर पैसा आउँछ ? रोगसँग कसरी लड्ने ? यो वैज्ञानिक कुरा हैन । फेरी रोग यति फैलिसक्यो कि साध्य नै छैन । समुदायमा रोग फैलिसकेर तेश्रो फेज नाघिसकेको अवस्थामा लकडाउन भनेको त उपाय नै हैन नि । त्यो त मुर्खता हो । वैज्ञानिक पनि हैन । विज्ञहरुसँ सोध्नु भो भने विलकुलै यो गलत काम हो ।
नेपालमा कोरोना भाइरस कुन फेजमा पुग्यो ?
समुदायमा कोरोना भाइरस फैलिसकेको भनेको तेश्रो फेज हो । समुदायमा यति धेरै यो रोग फैलियो कि स्वास्थ्यको हाम्रो संरचनाले, अस्पतालले धान्नै गाह्रो छ । नेपालको केही ठाउँमा कोरोना चौथो फेजमा गइसकेको छ । काठमाण्डौमा अहिले चौथो फेज छ, किनभने त्यहाँको संरचनाले धान्न सक्ने अवस्था छैन । अन्य जिल्लामा फैलिएको चाँहि तेश्रो फेज हो । तेश्रो फेजमा चाँहि चेतनाबाहेक लकडाउन भन्ने हुदनै किनभने, सवै ठाउँमा भाइरस पुगिसकेको छ ।
कोरोनाबाट कसरी बच्ने त अहिलेको अवस्थामा ?
अब जनचेतनाबाहेक केही पनि हैन । कोरोना स्वासप्रस्वासबाट सर्छ । खोक्दा, हाछ्युँ गर्दा, बोल्दा नजिकै बसेको मानिसमा कोरोना सर्ने भयो । बच्नका लागि नम्बर १ मा मास्क लगाउने, दुरी कायम गर्ने, पटक–हात धुने । स्वास्थ्यकर खान खाइरहने, भोकै नबस्ने नै हो । यो नै संसारभर चलेको वैज्ञानिक विधि हो ।
कोरोना लागेर आइसोलेसनमा बसेकाहरुले कसरी उच्च स्वास्थ्य सर्तकता अपनाउने ?
यदि कोही मान्छे संक्रमित भएका छन भने, १ नम्बरमा रुघा लागेको लक्षण छ । सुख्खा खाले खोकी छ, ज्वरो आएको छ भन्नसाथ कोरोना भनेर बुझे हुन्छ अहिले । यो बेला हामी सबै मान्छे संक्रमित छ है भनेर बुझ्नुपर्छ । संक्रमित भए पनि नभए पनि । कोहीमा लुकेको हुन्छ, संक्रमणको लक्षण नदेखिएको हुन्छ । त्यसकारण सबै मान्छे संक्रमित छ भनेर बुझ्नुप¥र्यो ।
अर्को चाँहि रुघाको लक्षणहरु देखियो भने घरको परिवारले प्रयोग गर्ने टावल, तौलियाहरु प्रयोग नगर्ने, वाथरुम एक्लै प्रयोग गर्ने, कोठामा सुत्दा एक्लै सुत्ने, श्रीमानश्रीमती भए पनि रुघा लागेको अवधि दुई हप्ताजति भरसक आफू सेल्फ आइसोलेसन भन्छ घरमा एक्लै बस्ने । पानी, तातो पानी प्रशस्त पिउने, सामान्य खाना खाने, चिसो चिज नखाने, चिसो पेय पदार्थ केही पनि नपिउने, दुध सुपहरुने, रुघा बारेजस्तो बार्ने ।
अहिले दौडधुप गरेर आत्तिएर कहि कतै जानुपर्दैन किनभने संक्रमण छिटो हुन्छ तर, कमजोर भाइरस हो ज्यान जाने अवस्था हुदैन । ज्यान कसको जान्छ भन्दाखेरी दीर्घ रोग लागेको, क्यान्सर लागेको, दम लागेको र ज्येष्ठ नागरिकहरुलाई अलिक खतरा हुनसक्छ । अनि दम बढेर सास फेर्न गाह्रो हुन थाल्यो भने चाँहि अक्सिजन चाहिन्छ । अस्पताल जानुपर्ने हुन्छ । तर, दम भएन सामान्य रुघाखोकीको लक्षण छ भने चाँहि घरमै बस्दा हुन्छ । आतिनु पर्दैन ।२०७७ कार्तिक १६ गते दिउँसो २ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology