• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणले तीनको मृत्यु

कोरोना सङ्क्रमणले तीनको मृत्यु


समायोजन खबर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, चितवनको दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

    चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

    सोही कलेजमा उपचाररत ७० वर्षीय सङ्क्रमित पुरुषको आज बिहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २ गते श्वासप्रश्वास र मिर्गाैलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनी मिर्गाैला र उच्च रक्तचापको समेत बिरामी थिए ।

    यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक ६ गते सङ्क्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उपचारका सबै उपाय गर्दागर्दै मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।२०७७ कार्तिक ७ गते दिउँसो १ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology