समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा चिनियाँ स्मार्ट फोन कुलप्याडको आधिकारिक डिलर खुलेको छ । दिक्तेलको रत्नपार्कस्थित मनोज इलेक्ट्रोनिक्स सेन्टरले जिल्लामा कुलप्याड मोबाईको डिलर भित्र्याएको हो । बुधबार रत्नपार्कमा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले केक काटेर कुलप्याड मोबाईलको डिलर उद्घाटन गरेका छन् ।
आधिकारिक बिक्रेता खुलेसँगै ग्राहकले जिल्लामै विभिन्न मूल्याका कुलप्याड मोबाईल खरिद गर्न पाउने भएका छन् । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा सव–डिलर विस्तार गर्नेगरी दिक्तेलमा डिलर खोलिएको मनोज इलेक्ट्रोनिक्स सेन्टरका प्रोपाइटर मनोज राईले बताए ।
डिलर उद्घाटनकाक्रममा कुलप्याडका कुल फाईभ, कुल एनसेभेन प्लस, कुल एक्स, कुल एस र कुल सिक्स मोबाईलको विशेषता, मेमोरी, स्क्रीन साईज र मूल्याका बारेमा जानकारी दिइएको थियो । नेपाली बजारमा २०७३ सालमै कुलप्याड मोबाईल भित्रिएको थियो । चिनको ग्वान्जाओ मूख्यलय रहेर सन् १९९३ मा स्थापना भएको कुलप्याड कम्पनीले टेलीकम्यूनिकेसनका सामान उत्पादन गरेर बजारमा राम्रो पहिचान बनाएको छ ।२०७७ असोज २९ गते साँझ ७ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology