• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन हजार ५५६ सङ्क्रमित थप

तीन हजार ५५६ सङ्क्रमित थप


समायोजन खबर
  • मंगलबार, असोज २७ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, देशभरि कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमण तीन हजार ५५६ जनालाई देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १५ हजार ५७७ जनाको पिसीआर परीक्षण गर्दा तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । तीमध्ये एक हजार २३३ महिला र दुई हजार ३२३ जना पुरुष रहेका छन् ।

    आज देखिएका सङ्क्रमितमध्ये प्रदेश नं. १ मा ३२३ जना, प्रदेश नंं २ मा १२० जना, वागमती प्रदेशमा दुई हजार ३९३ जना, गण्डकी प्रदेशमा ७३ जना, लुम्बिनी प्रदेशमा ४०५ जना, कर्णाली प्रदेशमा १३२ जना र सुदूरपश्चिम प्रदेशमा ११० जना रहेका छन् । अहिलेसम्म १२ लाख सात हजार ९१ परीक्षण गरिएकामा एक लाख १५ हजार ३५८ जनामा सङ्क्रमण देखिएको छ ।

    उहाँका अनुसार विगत २४ घण्टामा एक हजार ५०३ जना सङ्क्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८.३ प्रतिशत रहेको छ । उहाँका अनुसार ३५ हजार ९१५ जना सक्रिय सङ्क्रमित रहेका छन ।

    यस्तै संस्थागत आइसोलेसन १५ हजार ४८ जना, होम आइसोलेसनमा २० हजार ८६७ जना र चार हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म सघन उपचार कक्ष (आइसियु)मा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।
    प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार १२९ जना सङ्क्रमण देखिएको छ । तीमध्ये ७८९ महिला र एक हजार ३४० जना पुरुष रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना सङ्क्रमित थपिएका छन् ।२०७७ असोज २७ गते राती ८ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology