• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इञ्जाद्वारा ७० पत्रकारलाई लेखनवृत्ति

इञ्जाद्वारा ७० पत्रकारलाई लेखनवृत्ति


समायोजन खबर
  • सोमबार, असोज २६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाली पत्रकारको अन्तरराष्ट्रिय सञ्जाल (इञ्जा)ले कोभिड –१९ बाट प्रभावित ७० पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ । इञ्जाले कोरोनाको बहानामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका र काम गरेर पनि तलब नपाएका पत्रकारलाई सो वृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

    विभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारको संस्था इञ्जाले नेपालमा कार्यरत पत्रकारको श्रीवृद्धिका लागि विभिन्न काम गर्दै आएको छ । इञ्जाको वेबसाइट, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत लेखनवृत्तिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सोअनुसार प्राप्त नामावलीबाट इञ्जा एशियाको प्रस्तावमा इञ्जा ग्लोबल बैठकले नाम स्वीकृत गरेपछि वृत्ति प्रदान गर्ने प्रक्रिया अघि बढ्ने छ ।

    लेखनवृत्ति प्राप्त गर्ने पत्रकारले एक हप्ताभित्र दुई आलेख समाचार (फिचर आर्टिकल) तयार गर्नुपर्ने छ । छनोट भएका पत्रकारका आलेखलाई रु दश हजार प्रदान गरिने छ । इञ्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष टङ्क पन्तका अध्यक्षतामा बसेको सल्लाहकारसहितको बैठकले लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । इञ्जाले यसका लागि मानव अधिकार सञ्चार प्रतिष्ठान(इह्रिकन)संँग सहकार्य गर्ने छ ।

    लुकको अहिलेको परिस्थितिलाई ध्यानमा राखी लेखनवृत्ति पाएका पत्रकारले राखी आर्थिक क्षेत्रमा परेको प्रभाव, सामाजिक न्याय, लैङ्गिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षा लगायत विषयमा आलेख तयार पार्नुपर्नेछ । आलेख आठ सयदेखि एक हजार शब्दसम्मको हुनुपर्ने छ । रेडियो र टेलिभिजनका पत्रकारलाई भने एक–एक बाइटसहितको फिचर तोकिएको छ ।२०७७ असोज २६ गते राती ८ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology