• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो


समायोजन खबर
  • आइतबार, असोज २५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

    अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।

    कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८६ करोड ८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

    शनिबार एकै दिनमा पनि १ लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ ।२०७७ असोज २५ गते दिउँसो १ :१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology