• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२४ घण्टामा ३४ सय ३९ जना कोरोना सङ्क्रमित

२४ घण्टामा ३४ सय ३९ जना कोरोना सङ्क्रमित


समायोजन खबर
  • बुधबार, असोज २१ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ३४ सय ३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को सो सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।२०७७ असोज २१ गते अपरान्ह ४ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology