समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी दिनुभयो ।
२४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।
यस्तै,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५३१ जजनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।२०७७ असोज १९ गते साँझ ६:०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology