समायोजन खबर खोटाङ, जिल्लाको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा कुदुङकी ६० वर्षीय ठकुरी राई खोलामा मृत फेला परेकी छन् । बुधबार सम्पर्क बिहिन भएकी राई बिहिबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खोजीकाक्रममा उनको शव खोलामा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
राई खोलामा फड्के तर्नेक्रममा खोलामा पानीमा खसेको हुनसक्ने अनुमान गरिएको छ । उनी माईती गएर घर फर्कनेक्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीचौकी खार्ताम्छालाई खबर गरेका थिए । घट्नाका विषयमा कानूनी कारबाही अघि बढाइसकिएको डिएसपी चिमोरियाले बताए ।२०७७ असोज १५ गते साँझ ७ :५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology