समायोजन खबर खोटाङ, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको रिब्दुङ वनगाउँमा विद्युत विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको बजेटमा वनगाउँमा केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत पु¥याइएको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा प्राधिकरणले विनियोजन गरेको ५५ लाख ४६ हजारमा बनगाउँमा केन्द्रिय प्रशारणलाईन बिस्तार गरिएको हो । हाल बनगाउँका ३५ घरमा हाउस वायरिङ गरेर विद्युत छाड्ने तयारी पूरा भएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । साविकको रिब्दुङ महेश्वरी–८ र ९ का ९२ घरधुरीमा विद्युत बाल्ने तयारी भइरहेको छ ।
साविकको रिब्दुङ महेश्वरी–३, ४, ५, ६ र ७ मा स्थानीय सरकार कार्यान्वयनमा आउन अगाडि नै विद्युत विस्तार भइसकेको थियो । ति वडामा सामुदायीक विद्युतीकरण अन्तरगत दुबेकोलबाट विद्युत पु¥याइएको हो । साविकको रिब्दुङ महेश्वरी–१ र २ मा पनि अझै विद्युत विस्तार गर्न बाँकी छ ।
स्थानीय तह कार्यान्वयनमा आएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विद्युत बिस्तार भइसकेको छ । हाल ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविकको ऐसेलुखर्क–१, २, ३, ४ र ५ विद्युत बिस्तार गर्ने तयारी भइरहेको छ ।
यस्तै, साविकको ऐसेलुखर्क–६, ७, ८ र ९ मा पनि विद्युतीकरणको काम भइरहेको छ । तर, विद्युतीय सामग्री अभाव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा हालसम्म विद्युत पुग्न बाँकी रहेको जनाइएको छ ।२०७७ असोज १० गते बिहान ८ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology