• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप एक हजार ३१३ जनामा कोरोना, उपत्यकामा ६४५ संक्रमित

थप एक हजार ३१३ जनामा कोरोना, उपत्यकामा ६४५ संक्रमित


समायोजन खबर
  • शुक्रबार, असोज ९ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, आज देशभरबाट एक हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

    मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्कको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना संक्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

    यस्तै,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना गरी जम्मा ६४५ जनालाई कोरोना संक्रमण देखिएको छ।२०७७ असोज ९ गते साँझ ५ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology