समायोजन खबर खोटाङ, स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्याउने उद्देश्यले पत्रकार महासङ्घ कास्कीको भवनमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गर्दै सामाजिक दूरी कामय गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महासंङ्घका अध्यक्ष श्रेष्ठले प्राप्त सामग्रीको सही सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कास्की महासङ्घमा कुल ३०१ सदस्य छन् ।२०७७ असोज ४ गते दिउँसो २ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology