समायोजन खबर, सप्तरीमा एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ ।
फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ । मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षकको टोलीले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
विवाहको प्रलोभन दिई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा २०७६ पुस १२ गते उजुरी दिनुभएको थियो । घटनापश्चात गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल पक्राउ गर्न नसकिए पनि नौ महिनामा फरार रहेका आरोपितलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताउनुभयो । आरोपितले भने विवाह गर्न नमान्दा झुठा उजुरी लगाएको बताएका छन् ।२०७७ भदौ २९ गते राती ९ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology