समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।
संस्थागत आइसोलेसनमा सातहजार ७३१ र होम आइसोलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छ हजार ५३६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको कूल संख्या ३४५ पुगेको छ ।२०७७ भदौ २८ गते दिउँसो ४ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology