समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार पुगेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएको थियो । सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ६७१ रहेका छन् । होम आइसोलेसनमा सातहजार ७४२ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।२०७७ भदौ १८ गते अपरान्ह ४ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology