• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विराटनगरमा तीन लाखसहित १२ जना जुवाडे पक्राउ

विराटनगरमा तीन लाखसहित १२ जना जुवाडे पक्राउ


समायोजन खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक ताससहित १२ जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    पक्राउपर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ३६ वर्षीय विमल गुरुङ, वडा नं ३ का ३७ वर्षीय कृष्ण लिम्बु, वडा नं ११ का २८ वर्षीय श्याम लिम्बू, सोही स्थानका ५२ वर्षीय चन्द्र लिम्बू, मोरङको लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ, झापा विर्तामोड नगरपालिका–३ का लक्ष्मीकुमार तामाङ र वडा नं ५ का २७ वर्षीय सञ्चित घतानी रहेका छन् ।

    त्यस्तै झापा हल्दिबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ती गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरी धरान–१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, वडा–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का २४ वर्षीय राजन पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताउनुभयो ।२०७७ भदौ १८ गते अपरान्ह ३:१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology