समायोजन खबर खोटाङ, सप्तरीको राजविराजमा शनिबार राति थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । लामो समयदेखि ज्वरो आइरहेकी राजविराज नगरपालिका २ का ६५ वर्षीया महिलाको शनिबार राति उपचारका लागि विराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो । ती महिला केही दिनदेखि राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् ।
उनको हिजो मात्र स्वाब संकलनको रिपोर्ट पोजिटिभ आएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले एक जनाको मृत्यु भएको पुष्टि गर्नु भयो । यो सहित सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।२०७७ भदौ १४ गते बिहान ८ :५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology