समायोजन खबर खोटाङ, सिन्धुलीमा शनिवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नम्बर–६ का २ जना,७, ९ र १२ का १÷१ जना संक्रमित भएका हुन् । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार उनीहरु ७ बर्षदेखि ५७ बर्ष उमेर समुहका छन् ।
आज एकजना महिला र चारजना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित ५ जनामध्ये एक जना बिदेशबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए भने बाँकी चारजना कन्ट्रयाक ट्रेसिङमा परेको स्वास्थ्य प्रमुख शाहको बताउनुभयो ।
साउन ८ गते कमलामाई नगरपालिकाबाट पिसिआर परीक्षणको लागि ११७ जनाको स्वाब सङ्कलन गरि हेटौँडा पठाईएको थियो । जसमध्ये ९३ जनाको रिपोर्ट शनिवार आएको हो ।
८८ जनामा कोरोना संक्रमण नदेखिएको उहाँले बताउनुभयो । अव कनपाका २४ जनाको पिसिआर रिपोर्ट आउन बाकिँ छ ।अहिले सिन्धुलीमा २० जना सक्रिय संक्रमित रहेका छन् ।२०७७ भदौ १३ गते राती ९ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology